ताजा अपडेट »

भ्रष्टाचारविरुद्धको अभियान जरोसम्मै पुग्छ : प्रधानमन्त्री

सोमबार, २५ असार २०८०, १७ : २१
14 Shares
सोमबार, २५ असार २०८०
14 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले ‘निर्दोष नपरुन् दोषी नछुटून्’ भन्ने हेक्का राखेर नै भ्रष्टाचारविरुद्ध अभियान जारी रहने बताए । यो अभियान जरासम्मै पुग्ने बताउँदै उनले यसका लागि सबै राजनीतिक दल र सांसदहरुको साथ चाहिने बताए ।

प्रतिपक्षी दलका नेतासँगको भेटप्रति आशंका गरिएको भन्दै उनले उक्त भेटमा दोषी जोगाउने गरी कुनै कुरा नै नभएको बताए । उक्त भेटमा अन्य विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।