ताजा अपडेट »

संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौँ : रवि लामिछाने

सोमबार, २५ असार २०८०, १६ : ४०
20 Shares
सोमबार, २५ असार २०८०
20 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को निर्णय अरुले मानिदिनुपर्ने हो भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए । 
प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको बताए । 

मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका व्यक्त गरेका उनले तत्काल उक्त विधेयक ल्याउनुपर्ने बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।