ताजा अपडेट »

कसरी भयो एउटै कोठामा ८ जना पर्यटकको मृत्यु ?

बुधबार, ०८ माघ २०७६, ०८ : ५४
28 Shares
बुधबार, ०८ माघ २०७६
28 Shares

माघ ८,

काठमाडौं । सोमबार राति साढे ९ बजे दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा १५ जना भारतीय पर्यटक पुगे । ७ जना खाना खानेबित्तिकै कोठामा सुत्न गए । ८ जना भने रेस्टुरेन्टमै ग्यास हिटरको तातोमा बसेर गफिए । ४ बालबालिकाबाहेक अरूले आफैं बोकेको मदिरा सेवन गरे । उनीहरू राति १ बजे कोठामा सुत्न गए । तर, ‘कोठा चिसो छ’ भन्दै रेस्टुरेन्टमा रहेको ग्यास हिटर लिएर गएको होटलका म्यानेजर शिव केसीले बताए । उनका अनुसार प्रवीणकृष्ण नायरले हिटर दिन आग्रह गरेका थिए । ‘हिटर बालेर सुत्दा खतरा हुन्छ, मध्यरात भइसकेकाले सुत्न हामीले अनुरोध गर्यौं’, उनले भने ।

ती ८ जनाका लागि सोमबारको रात नै जीवनको अन्तिम क्षण बन्न पुग्यो । ‘बिहान करिब ८ बजे होटलका कर्मचारी चिया लिएर जाँदा ढोका नखुलेपछि हामीले अर्को कोठामा बस्ने उहाँहरूका साथीहरूलाई खबर र्गयौं’, उनले भने, ‘अर्को कोठामा बस्नेहरूले ढोका खोल्दा सबै जना अर्धचेत अवस्थामा भेटियो ।’ थाहा नगरपालिका–४ दामनस्थित उक्त रिसोर्टमा अर्धचेत अवस्थामा रहेका आठै जनालाई कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो । काठमाडौंस्थित ह्याम्स अस्पतालले मंगलबार मध्याह्न उनीहरूलाई मृत घोषणा गरेको थियो । –अन्नपुर्ण पोस्ट दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।