गुल्मी । गुल्मीको एक ग्रामीण भेगको सामुदायिक विद्यालयकी एक छात्रा एसईई परीक्षामा लुम्बिनी प्रदेशकै सर्बोत्कृष्ट विद्यार्थी भएकी छ्न् भने देशकै प्रथम हुने विद्यार्थीहरुको पंक्तिमा आफूलाई उभ्याउन सफल भएकी छ्न्। छत्रकोट गाउँपालिका ४ मा रहेको शृङ्गा जनता माबिकी स्मृति कँडेल यस्तो सफलता हासिल गरेकी हुन् ।
निकै ठुला र गुणस्तरीय शिक्षा प्रदान गरिने हौवा पिटिएका गुल्मीको सदरमुकाम तम्घासका सामुदायिक र संस्थागत बिद्यालयहरुलाई पछि पार्दै ग्रामीण भेगका विद्यार्थीहरुले एसईई परीक्षा २०७९ को नतिजामा ती ठुला भनिएका विद्यालयहरुको बिरासत च्याचुत पारी दिएका छ्न् । देशकै टप सामुदायिक विद्यालय भनिएको बुटवल शहरको कालिका मानवज्ञान स्कुललाई समेत पछि पार्न सफल भएको गुल्मीको एक ग्रामीण भेगको सामुदायिक विद्यालयले । एसईई परिक्षामा ठुला भनिएका र विद्यार्थी भर्ना गर्न मन्त्रीको पावरले पनि नटेर्ने ती विद्यार्थीहरुलाई जिल्ल परिदिने त्यो सामुदायिक विद्यालय हो छत्रकोट गाउँपालिका ४ को शृङ्गा जनता माध्यामिक विद्यालय । जसकी छात्र स्मृति कँडेलले जिपिए ४ ल्याएर नेपाल टपरहरुको पंक्तिमा आफुलाइै उभ्याउन सफल भएकी हुन् ।
सोही वडाको शृङ्गा टाकुरा टोलका भरतराज कँडेल र मिना गौतम कँडेलकी सुपुत्री स्मृतिले त्यस विद्यालय को मात्र नभइ छत्रकोट गाउँपालिका र सिङ्गो जिल्लाकै शिर उचो पारेपछी आइतबार जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाको सरोकारवाला त्यस विद्यालयमा पुगेर खुशियाली र्यालिमा झुमे । त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पन्थसहितका अगुवाहरु भाइ बहिनीहरुसँग बाजातालम नाच्दै खुशाली मनाउदै थिए ।
४५ जना सहभागी सबैले राम्रो जिपिए ल्याएका छ्न् । त्यस मध्ये रोजि कँडेलले ३.८ जिपिए ल्याएकी छ्न् । भावाना कडेल ले ३.७५ जिपिए , सिर्जना अर्यालले पनि त्यति नै र एक मात्र छात्र ओमीत अर्यालले ३.६ जिपिए ल्याएका छ्न् । ४५ मध्ये २२ छात्र र २३ जना छात्रहरु छ्न् । जिल्ला, प्रदेश र नेपाल टपर मध्येकी एक स्मृति कँडेललाइ छत्रकोट गाउँपालिकाले ३५ हजार धनराशिले पुरस्कृत गरेको छ । विद्यार्थी सम्मान कार्यक्रममा प्रधानध्यापक विकाशचन्द्र खरेलले विद्यार्थीप्रति आभार प्रकट गर्दै बधाइ दिए ।
२०१६ू सालमा स्थापना भएको शृङ्गा जनता मावी एसएलसी देखि एसईईसम्म राम्रो नतिजा ल्याउने विद्यालयका रुपमा परिचित छ । गत वर्ष कक्षा १२ को परिक्षामा यसै विद्यालयका जुम्ल्याहा छात्रा करिना टन्डन र करिस्मा ट्स्न्डनले बराबरी ३.५२ जिपिए ल्याएर जिल्ला टपर भएका थिए ।
सम्मान कार्यक्रममा जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री , छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , पुर्व अध्यक्ष मधुकृष्ण पन्त , उपाध्यक्ष साबित्रा ज्ञावाली , समाज सेवि अनन्त पौडेल , विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रामचन्द्र कडेल संस्थापक प्रध्यानाध्यपक अधिवक्ता तेजप्रसाद कडेल लगायतले जिल्लाको शिर उचो राखेको प्रती स्मृति कँडेल सहितका विद्यार्थीहरुलार्इ धन्यवाद र बधाई दिएका थिए । प्रमुख अतिथी खत्री खत्रीले भने गुल्मीका बिध्यार्थीहरुले फोर जिपिए ल्याउन भन्ने कामाना राख्दै मैले आशा राखेको सदरमुकामका बिध्यालयहरु सङ्ग रिज्स्ल्ट बाहिर आउन साथ जिज्ञासा् राखे , बुटवलको कालिकामा पनि सोधे । यह दुबैतिर शुन्री भएको सुने तर केही बेर पछि यस स्मृतिले फोर जिपिए ल्याएको सुन्दा खुशिको सिमा रहेन , स्मृती हामी सबैको स्मृतिमा बसिन ।
स्मृतिकि आमा मिना गौतम कँडेल त्यसै विद्यालयकी अंग्रेजी बिषय शिक्षिका हुन् भने बाबू भरतराज कँडेल पनि घोर्ले माबिका शिक्षक हुन् । हजुर बाबू योतिनाथ कडेल समेत त्यसै विद्यालयका पुर्व शिक्षक हुन । छोरी स्मृती डाक्टर बन्न चाहेको बाबू आमाले बताए र स्मृतिले पनि सोही इच्छा प्रकट गरिन । परिवारका सबै शिक्षक र प्रशस्त सम्पत्ती हुदा पनि स्मृतिलार्इ कुनै महङ्गो बोर्डिङ्ग खोजेन्न उनीहरुले । त्यसै विद्यालयमा नर्सरीदेखि १० सम्मै पढाए । उनीहरुलार्इ कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख खत्री लगायतले सम्मान गरे ।
सम्मानित स्मृतिले यसको श्रेय शिक्षक शिक्षिका र अभिभावकलाई दिइन । जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीका अनुसार जिल्लामा २३० सामुदायिक र १० संस्थागत गरि १४० मावि छ्न् । त्यस मध्ये विद्यार्थी नहुँदा तम्घासको बृलियण्ड एकेडमी र वामिटक्सारको गोल्डेन फ्युचर बोर्डिङ्ग गत वर्षको एसईई परिक्षामा सहभागी भएन ।
कुल १३८ माविबाट ४ हजार २४० विद्यार्थी सहभागि भएकोमा ७८ विद्याथी अनुपस्थित थिए । जिल्लामा सामुदायिक तर्फ शृङ्गा जनता मावि र संस्थागत तर्फ बलेटक्सारको रेन्वो इङ्ग्लिस बोर्डिङ्ग स्कुल जिल्ला टप विद्यालय बनेको इकाई प्रमुख मरासिनीले जानकारी दिए । ३.९५ जिपिए प्राप्त गरि रेन्वोका विद्यार्थी निरज श्रेष्ठ संस्थागत विद्यालय तर्फ जिल्ला प्रथक भएका हुन् । गत वर्ष पनि यहाँको सामुदायिक विद्यालय तम्घासको रेसुङ्गा माबिले पहिलो पटक ४ जिपिए ल्याउन सफल भएको थियो ।
प्रतिक्रिया