ताजा अपडेट »

सूचना टाँसेर संसद बैठक भोलिलाई सारियो

आइतबार, २४ असार २०८०, १५ : ०५
16 Shares
आइतबार, २४ असार २०८०
16 Shares

काठमाडौं । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ । 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।  

सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए । 

तर, महासचिव डा गौतमले टाँसेको सूचनामा भने सोमबार अपरान्ह ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ ।

 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।