ताजा अपडेट »

रुपन्देहीमा विद्युत प्राधिकरणका कर्मचारीहरु बीच ४ इभेन्टमा राष्ट्रिय स्तरको ब्याडमिन्टन

शुक्रबार, २२ असार २०८०, १९ : ५०
40 Shares
शुक्रबार, २२ असार २०८०
40 Shares

बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, खेलकुद बिभागको आयोजनामा रुपन्देहीमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रातियोगिता आयोजना गरिएको छ । नेपाल विद्युत प्राधिकरण स्तरीय राष्ट्रिय प्रातियोगिता रुपन्देहीमा पहिलो पटक आयोजना गरिएको हो ।

प्रतियोगिता साउन ४ देखि ६ गतेसम्म रुपन्देहीको तिलोत्तमा ब्याडमिन्टन क्लबमा सञ्चालन हुने युनियनका लुम्बिनी प्रदेश अध्यक्ष तथा खेल संयोजक टेक बहादुर बुढाले जानकारी दिए । प्रतियोगितामा बिभिन्न चार इभेन्ट्समा खेल खेलाइने र बिजेता खेलाडीलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको संयोजक बुढाले जानकारी दिए । प्रतियोगिताका इभेन्टहरुमा मेन्स डवलका बिजयी खेलाडीलाई प्रथम पुरस्कार ४० हजार, द्वितीयलाई २० हजार र तृतीय पुरस्कार १० हजार नगद राशी रहेको बताइएको छ । यस्तै वोमेन डवलतर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीयलाई ७ हजार ५ सय नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

यस्तै अधिकृत सतरको इभेन्टमा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय रुपैयाँ रहेको छ । भेट्रान डवलतर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय राखिएको छ । प्रतियोगितामा देशभरिका विद्युत प्राधिकरण अन्तर्गतका खेलाडी मध्ये ४ वटै विद्यामा ६० भन्दा बढी समूहको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगिता अन्तर्गत साउन ४ र ५ गते सेमिफाइनल प्रतियोगिता सञ्चालन हुनेछन भने साउन ६ गते फाइनल प्रातियोगिता सञ्चालन हुने संयोजक बुढाले जानकारी दिए । यस्तै ६ गते उर्जा मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिंसिङको आतिथ्यतामा पुरस्कार वितरण तथा विशेष कार्यक्रम आयोजना गरिएको बुढाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।