ताजा अपडेट »

आँखुखोला जलविद्युत कम्पनीको आज एजीएम

शुक्रबार, २२ असार २०८०, ११ : १०
16 Shares
शुक्रबार, २२ असार २०८०
16 Shares

काठमाडौ । आँखुखोला जलविद्युत कम्पनीको १५ औं वार्षिक साधारणसभा शुक्रबार बस्दै छ । सभामा १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदैछ ।

गणेश हिमाल हाइड्रोपावरले २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । सो आयोजनामा ६० प्रतिशत लगानी गर्न र बैंकको ऋण भुक्तानी गर्नको लागि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । 

यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव  पनि रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले असार ३ गते बुक क्लोज गरीसकेको छ । यसर्थ, असार २ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।