ताजा अपडेट »

होराईजन जिबिएसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

शुक्रबार, १९ साउन २०८०, १८ : ०२
71 Shares
शुक्रबार, १९ साउन २०८०
71 Shares

बुटवल । तिलोत्तमाको होराइजन गौतबुद्ध माविले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो । प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा राष्ट्रिय लोक गायक प्रकाश सपुतले मनोरञ्जन दिलाएका थिए।

सपुतले कक्षा ११÷१२ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वदेशमा बसेर काम गर्न आग्रह गर्दै करिब १ घण्टा बढी मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा बोल्दै प्राज्ञ बुँद रानाले पछिल्लो समयको शिक्षालाई ब्यवहारिक बनाउँदै स्वदेशमै रहने उच्च तहका जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले शिक्षा ऐनले ल्याएका नयाँ कुराको बारेमा जानकारी गराउँदै कार्यान्वयन हुँदाका फाइदा बेफाइदाको बारेमा बोलेका थिए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरी, परीक्षा बोर्ड बुटवलका शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, निर्मल प्रसाद लाकौल, रामेश्वर श्रेष्ठ लोकनाथ उपाध्याय, विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य , इन्द्र प्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, डा.नारायण प्रसाद पन्थ, प्रदीप अर्याल, डा.तारानाथ भट्टराई लगायतले बोलेका थिए ।

कार्यक्रममा लामो समय सम्म अध्यापन गराउने प्राध्यापक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, कलेजबाट विद्यावारिधि गर्ने प्राध्यापकलाई सम्मान समेत गरिएको शिक्षा कृष्ण पाण्डेले जानकारी दिए । कार्यक्रममा कलाकार प्रकाश सपुतले विभिन्न गीत प्रस्तुत गरेका थिए । सपुतका गीतमा विद्यार्थी झुमेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।