बुटवल । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा २०७९ को नतिजा सार्वजनिक गरेको छ । जसमा बुटवलबाट अक्सफोर्ड माध्यमिक विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याएकाे दाबी गरेको छ । विद्यालयबाट सम्मिलित १४७ जना विद्यार्थीहरू मध्ये २ जना विद्यार्थीहरू दर्शन खनाल र अभिषेक खनालले जिपीए ३.९५ प्राप्त गरेका छन् भने माधवी भट्टराई र पुजा बन्जाडे ३.९ जिपीए प्राप्त गरेका छन् । विद्यार्थीको अत्याधिक रोजाइमा पर्न सफल विद्यालय अक्सफोर्डमा ३.६० भन्दामाथि जिपीए ल्याउने ३२ जना ,३.६ सम्म ल्याउने ६४ जना र ३.२ भन्दा माथि ल्याउने ४९ जना रहेका छन ।
रूपन्देही जिल्लामा विगत देखिनै उत्कृष्ट रिजल्ट ल्याउदै आएको अक्सफोर्ड अहिले पनि जिल्लामै उत्कृष्ट भएको दाबी गरेकाे छ। नतिजाको समीक्षा गर्दा रूपन्देही जिल्ला शैक्षिक हवकाे रूपमा परिणत भएता विगतको बर्ष भन्दा यस बर्ष नतिजा त्यति राम्रो नआएता पनि समग्र नतिजाकाे विश्लेषण गर्दा अक्सफोर्ड नै उत्कृष्ट भएको प्राचार्य दिनेश भुसालले बताउनुभयो । रिजल्ट आएसङ्गै भाेलिदेखि भर्ना अभियानमा लाग्ने कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनकाे लागि विद्यार्थीहरूकाे चाप बढेको हुदा २/३ दिनमै भर्ना बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयाे। संस्कार सहितको शिक्षाकाे लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छाेराछाेरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गर्नुभयो । अक्सफोर्डमा विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा विहानी तथा दिवा समयमा पढाइ हुने गर्दछ।
प्रतिक्रिया