विराटनगर। गण्डकी प्रदेशसभाको अवरोध हटेको छ । एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गरेको अवरोध हटेको हो ।
बैठक अवरोध गर्दै आएका एमाले र राप्रपाले बैठक सञ्चालनमा गर्न सहमत भएका हुन् ।
१८ असारमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमाले र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदेशसभा अवरोध गरेका थिए ।
प्रतिक्रिया