ताजा अपडेट »

कोशीमा सरकार गठनको सकस : सभामुखलाई समेत जोडेर गठबन्धनले दाबी पेश गर्दै

विहीबार, २१ असार २०८०, ०७ : २७
58 Shares
विहीबार, २१ असार २०८०
58 Shares

काठमाडौं । कोशी प्रदेशमा सरकार बनाउन गठबन्धन दलसँग राप्रपा सामेल नभएपछि सभामुखलाई जोडेर बहुमत दाबी गर्ने गठबन्धन दलहरूले तयारी गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तरगत रहेर सरकार गठनका लागि दिएको म्याद सकिन लाग्दा गठबन्धन दलले सभामुखलाई समेत जोडेर बहुमत भएको दाबी गर्ने तयारी गरेका हुन् ।

राप्रपा गठबन्धनमा नआएपनि सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने तयारी भएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । ओखलढुङ्गा १(२)बाट माओवादीका तर्फबाट विजयी भएका बाबुराम गौतम सभामुख भएसँगै उनले गएको पुस २८ गतेको कोशी प्रदेश सभाको बैठकमा सभामुख पदमा रहुन्जेलका लागि दलको सदस्यता त्याग गरेको घोषणा गरिसकेका छन् ।

सभामुखले दलको सदस्यता नै त्यागेको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको १२ मात्रै सदस्य रहने संविधानविद् चन्द्रकान्त ज्ञवालीले बताए । एमालेले भने सभामुखलाई समेत जोडेर कोशी प्रदेशमा गठबन्धनले बहुमत सिद्ध गरे एमाले चुप लागेर नबस्ने बताएको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले सभामुख गौतमले कोशी प्रदेश सभा समक्ष गएको पुस २८ गते नै दलको सदस्यता परित्याग गरेको घोषणा गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।