ताजा अपडेट »

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य, सातौं स्थानका लागि प्रतिस्पर्धा जारी

मंगलबार, १९ असार २०८०, १७ : ४२
42 Shares
मंगलबार, १९ असार २०८०
42 Shares

काठमाडौ । गुलशन झाको अर्धशतककीय पारीमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन जोडेको हो ।

नेपालका लागि गुलशनले ४२ बलको सामना गरी ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रन बनाए । एकदिवसीय अन्तरराष्ट्रिय खेलमा उनको यो दोस्रो अर्धशतक हो । ओपनिङमा आएका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहितकुमार पौडेलले २९ र भीम सार्कीले २० रन बनाए ।

आठौं विकेट लागि गुलशन र सन्दीपले ८० रनको साझेदारी गरे भने त्यसअघि पाँचौं विकेटका लागि कुशल मल्ल र भीमले ५९ रनको तथा तेस्रो विकेटका लागि अर्जुन र रोहितले ५० रनको साझेदारी गरे । आयरल्यान्डका लागि ब्यारी म्याकर्थी, मार्क अडेयर, क्रेग योङ्गले २/२ तथा कर्टिस क्याम्फर, ग्यारेथ डेनाली र एन्डी म्याकबर्नीले १/१ विकेट लिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।