बाबा तिम्रा आशु छैनन...?
तिम्लाई भक्कानिएर रुन मन लाग्दैन ?
तिम्रा मनमा केहि रहरहरु छैनन्रु
उनी मुलायम हुँदैन बक्दछन्
छोरा... म तिमीहरूका सपनाका टुसा मा पानी छर्दै छु‘ तिमी नढल्नु है,
नसुक्नु है,
नगल्नु है,
नपग्लनु है,
तिमी हुनहार बिरुवा हुनु छ,
बाबा तिमी आशु, दुःख, पिडा, किन लुकाएजस्तो गर्दछौं‘‘।रु
उनी निःशब्द छन् सायद उनी “लोग्ने मान्छे” हुन्
उनको गोजी दोकान त हैन तर हाम्रा लागि अझै चकलेट निस्किन्छन् ,
तर उनी सिटामोल खाँदैनन्
उनी रुदैनन्
उनी सुनाउँदैनन्
उनी कसैसँग स्वार्थको सम्बन्ध राख्दैनन्
उनका रहर छैनन् रे
उनका इच्छापनि छैनन् रे
उनी बिरामी पनि हुँदैनन् रे
भरिएको गोजी हुन मेरा बाबा
भोकोलाई रोजी रोटी हुन् मेरा बाबा
रित्तो गोजी मा छटपटाउँदा , पैसा को विटो हुन् मेरा बाबा,
अरूलाई तीतो होलान्, हाम्रा लागि मीठो हुन मेरा बाबा,
बाबा कोठा भाडा तिर्नु थियो, “हुन्छ छोरा एकै छिनमा बजार गएर हाल्दिन्छु”
लटरपछार पर्दै भोकै पेट खालि खुट्टा हिडछन मेरा बाबा‘।। भन्दछन्, छोरा भोकै नबसेस् है ‘!
तिमी कति स्वार्थी छौ बाबा
हाम्रा पेटका लागि आफ्नो पेट रित्ताउँछौं ‘!
साथी,
कुन मुख बाट भनौं की हाम्रा बाबा ले हाम्रा लागि केही गरेनन् भनेर,
जबकि जिम्मेवारी होइन सपना पूरा गर्न पठाएका छन् ‘‘।
तर तिम्रा सपना पनि यत्तिकै निमोठीएर जान त कहाँ दिउँला र
धेरै माया मेरो बाबा ।
प्रतिक्रिया