ताजा अपडेट »

सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न माग

मंगलबार, १९ असार २०८०, १४ : ४४
52 Shares
मंगलबार, १९ असार २०८०
52 Shares

काठमाडौं । सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न माग गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभाक बैठकमा सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्ने बताएका हुन् । 

हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरुलाई पनि सगरमाथा आरोण गरेको मान्यता दिने गरेकोप्रति आपत्ति समेत जनाएका उनले सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने बताए । 

पर्यटकहरुकै कारण हिमाली क्षेत्रमा बढेको वातावरण प्रदू्रषितलाई रोक्नुपर्ने भन्दै उनले पर्यटनले विकासमात्रै नभई विध्वंश पनि निम्त्याउन सक्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।