ताजा अपडेट »

लुम्बिनी प्रदेशसभा: एमालेको विरोधबीच विधेयक पारित

मंगलबार, १९ असार २०८०, १४ : ३६
8 Shares
मंगलबार, १९ असार २०८०
8 Shares

टवल । लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रतिपक्ष दलको विरोधका बीच प्रदेश सभाले विधेयक पारित भएको हो ।

मन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागी प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेस गर्ने क्रममा रोष्टम घेराउ गरिएको थियो बैठक सुरु हुन साथ एमालेका सांसदहरूले विरोध जनाएका थिए । सभामुख तुलाराम घर्तीले विधेयकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरे । बैठक अघि बढ्न नसकेपछि एक घण्टाको लागी बैठक स्थगित गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।