ताजा अपडेट »

टेस्ट राष्ट्र बिरुद्ध पहिलो जीत निकाल्ने दाऊमा नेपाल, आयरल्याण्डसँग मैदानमा उत्रदै

मंगलबार, १९ असार २०८०, ०९ : २९
12 Shares
मंगलबार, १९ असार २०८०
12 Shares

काठमाडौं । नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौं स्थानका लागि खेल्न लागेका हुन । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुने जनाईएको छ । नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित हुन पुगेको थियो ।

नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । आज तेस्रो टोलीसँग खेल्न लागेको नेपालले आफनो जादु देखाउने अपेक्षा गरिएको छ । नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।