ताजा अपडेट »

एसिसी यू-१६ इस्ट जोन कप : नेपालले उपाधिका लागि मलेसियासँग खेल्दै

मंगलबार, १९ असार २०८०, ०६ : ३२
36 Shares
मंगलबार, १९ असार २०८०
36 Shares

बुटवल । एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले उपाधिका लागि आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुँदै छ ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।

मलेसियाका तीव्र गतिका बलर मोहम्मद अक्रम र मोहम्मद मुकरी नेपाललाई घातक बन्न सक्छन् । यी दुई बलरले मलेसियाको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी आक्रम अलराउन्डर हुन् । मलेसियालाई फाइनलमा पुर्याउन उनले सेमिफाइनल खेलमा हङकङलाई ७७ रनमा अल आउट गर्न ४ विकेट लिनुको साथै ३७ रन बनाएका थिए ।

नेपालका निरज यादव, सुर्यांश कोइराला र नरेन भट्टले राम्रो प्रदर्शन गर्दै आएका छन् । समूह चरणमा मलेसियाविरुद्ध अशोक धामीले ५२ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । अभिषेक तिवारी नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । स्पिन नेपालको मुख्य हतियार हो । स्पिनर सन्तोष यादव, अशोक धामी, कार्तिक कामत, नरेन भट्ट लगायत बलर छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।