ताजा अपडेट »

महिलालाई आत्मनिर्भर बनाउन बजेटले ध्यान दिएन : भगवती न्यौपाने

सोमबार, १८ असार २०८०, १५ : ०४
20 Shares
सोमबार, १८ असार २०८०
20 Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले महिलालाई आत्मनिर्भर बनाउन बजेटले ध्यान नदिएको आरोप लगाएकी छन् । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग  लिँदै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा बजेटले ध्यान दिन नसकेको आरोप लगाएकी हुन् । 

सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको भन्दै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च १० प्रतिशत भन्दा बढि हुन नसकेकोप्रति सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।