ताजा अपडेट »

प्राइम कमर्सियल बैंक लिमिटेडको केही संस्थापक शेयर बिक्रीमा

सोमबार, १८ असार २०८०, १३ : ०१
26 Shares
सोमबार, १८ असार २०८०
26 Shares

काठमाडौ।  प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको थियो । 

सो समयमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेकोले आजदेखि सर्वसाधारण तथा संस्थापक शेयरधनी दुवैले आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र कम्पनी सचिवको कार्यलयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।