ताजा अपडेट »

फ्रान्सकाे हिंसा स्विजरल्याण्ड र बेल्जियमसम्म पुग्याे

सोमबार, १८ असार २०८०, १० : १४
18 Shares
सोमबार, १८ असार २०८०
18 Shares

पेरिस । फ्रान्समा किशोरी नाहेल एमको हत्यापछि सुरु भएको हिंसा पाँचौं दिन पनि जारी रह्यो । देशमा आन्दोलन जारी छ । प्रहरीले दंगामा संलग्न ७१९ जनालाई पक्राउ गरेको छ । सोही क्रममा हिंसा नियन्त्रणका लागि केही दिनदेखि खटिएका करिब ४५ हजार प्रहरीमध्ये ४५ प्रहरी कारबाहीका क्रममा घाइते भएका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयले रातारात ७१९ जना पक्राउ परेको पुष्टि गरेको छ । जबकि शुक्रबार राति १ हजार ३ सय पक्राउ परेका छन् ।

यसैबीच फ्रान्समा हिंसाको प्रतिध्वनिका बीच छिमेकी स्विट्जरल्याण्ड र बेल्जियममा पनि अशान्ति देखिएको छ। शनिबार स्वीस सहर लुसेनमा धेरै पसलका झ्यालहरू ताेडिएकाे प्रहरीले जनाएको छ। जवानहरूलाई तितरबितर गर्न अधिकारीहरूले बल प्रयोग गरेका छन्। युवाहरूले पसलहरूमा ढुंगा र मोलोटोभ ककटेल हानेका छन् ।

यसैबीच बेल्जियमको राजधानी ब्रसेल्समा पनि करिब एक दर्जन व्यक्तिलाई पक्राउ गरिएको छ । धेरै ठाउँमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।