ताजा अपडेट »

सुन तस्करी प्रकरण : बुटवलको बालाजी सुनचाँदी पसल शिल

आइतबार, १७ असार २०८०, २२ : १०
22 Shares
आइतबार, १७ असार २०८०
22 Shares

बुटवल । गत असार १० गते लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदह नाकाहुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको झण्डै २ किलो सुनको अनुसन्धान जारी छ । भैरहवा भन्सार कार्यालयले सुरु गरेको अनुसन्धानको प्रारम्भिक अनुसन्धानमा बुटवलको अमरपथ स्थित बालाजी सुनचाँदी पसलको संलग्नता देखिएको छ ।

अनुसन्धानका क्रममा सुनसहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले जानकारी दिए । गिरिको बयानका आधारमा बुटवलको बालाजी सुनचाँदी पसलमा सिल गरेर अनुसन्धान अगाडि बढाईएको भन्सारका सूचना अधिकृत भट्टराईले बताए ।

शसस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, २७ नम्बर हेक्वाले असार १० गते १ केजी ९६५ दशमलव ३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । करिब २ करोड मुल्यको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधान अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।

रुपन्देहीको नेपाल भारत सीमानामा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन बरामद भएको थियो । भन्सार मुल्यांकन अनुसार १ करोड ८५ लाख ६५ हजार ३५५ मुल्य कायम भएको बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको १५ लाख मुल्यको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई शसस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।