ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको मृत्यु

आइतबार, १७ असार २०८०, १७ : ५६
47 Shares
आइतबार, १७ असार २०८०
47 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तिलोत्तमा–१० कान्छीबजारका ३८ वर्षीय महेश श्रेष्ठको मृत्यु भएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार आइतबार बिहान ८ बजेतिर छिमेकीको घरमा बत्ती नबलेपछि पोलमा चढेर तार बनाइदिएका उनलाई तल झर्ने क्रममा करेन्ट लागेको थियो ।

गम्भीर घाइते भई अचेत बनेका उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पोस्टमार्टमपश्चात शव परिवारलाई बुझाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।