ताजा अपडेट »

विधेयक समयमै ल्याउन नसकेकोमा सरकारले माग्यो माफी

आइतबार, १७ असार २०८०, १६ : १२
59 Shares
आइतबार, १७ असार २०८०
59 Shares

काठमाडौं । सरकारले विधेयक ढिलोगरी प्रतिनिधिसभामा पेस गरिएको प्रति माफी मागेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले गत २० वैशाखमा अध्यादेश जारी गरेको अध्यादेशलाई राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ । 

उक्त विधेयक ढिलोगरी पेस गरिएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले माफी मागेका हुन् । 

आइतबार बसेको पहिलो बैठकमा उक्त विधेयक टेबल गरेर दोस्रो बैठकमा सो विधेयक माथि सैद्धान्तिक छलफल गराएपछि विधेयकको प्रतिसमेत नपाएको भन्दै सांसदहरुले आपत्ति जनाए । 
सोही क्रममा उनीले  विधेयक छापामार शैलीमा ल्याइएको भन्दै सरकारको आलोचना समेत गरे । 

यसपछि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिन रोस्ट्रममा पुगेका कानुनमन्त्री धनराज गुरूङले विधेयक पेस गर्न ढिला भएकोमा माफी मागेका हुन् । 

‘समयमै संसदमा विधेयक प्रस्तुत हुन नसकेकाले नेपाल सरकारको तर्फबाट माफी माग्नुपर्छ । तँ माफी माग भनेर धनराज गुरुङलाई भनिरहनु पर्दैन । किनभने म त्यस्तो अंहकारी हैन । कानुनमन्त्रीको जिम्मेवारी पाएको छु । तर, अहंकार चढेको छैन,’ उनले भने । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।