ताजा अपडेट »

ज्योति विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

आइतबार, १७ असार २०८०, १२ : ५१
28 Shares
आइतबार, १७ असार २०८०
28 Shares

काठमाडौ । ज्योति विकास बैंकको १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार १७ गते) अन्तिम दिन हो ।आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

 यसमा न्यूनतम १२६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइबीएल एक क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।