ताजा अपडेट »

वर्षासँगै अर्घाखाँचीका ठाउँ-ठाउँमा पहिरो : सन्धिखर्क-गोरुसँगै सडक अवरुद्ध

शनिबार, १६ असार २०८०, १० : ३८
16 Shares
शनिबार, १६ असार २०८०
16 Shares

अर्घाखाँची। अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिका वडा नं. ६ ६ बहखोरमा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ कै दहखोला र शितगंगा १३ कोन्द्रेखोला नजिकै खसेको पहिरो हटाइसकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको रिजालले जानकारी दिए ।

यस बाहेक विचविचमा साना ठूला पहिरोहरु झरेको र पन्छाउने क्रम जारी रहेको बुझिएको छ । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरु बिच बाटोमै अलपत्र बनेका छन्। (समाचारमा प्रयोग गरिएको तस्विर सांकेतिक हो )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।