ताजा अपडेट »

आज विहानदेखि फेरी अवरुद्ध भयो नारायणगढ-मुग्लिन सडक

शनिबार, १६ असार २०८०, ०६ : ५२
32 Shares
शनिबार, १६ असार २०८०
32 Shares

बुटवल। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक आज विहानदेखि पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा बिहान पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।