३०/३१ सालमा पुष्पलालजी महासचिव भएको पार्टी जसको लुम्बिनी अञ्चलमा व्यापक प्रभाव थियो । मेरा गाँउका सबै दाजुहरू यहि पार्टी अन्तरगतको किसान मोर्चामा हुनु हुँदो रहेछ । मलाई पनि यतै तर्फ फारम भराउनु भयो । २०३० सालमा यो पार्टीको किसान संगठनले थालेको बचत फिर्ता आन्दोलनमा पहिलो पटक सदरमुकाम घेराउ आदोलनमा अर्घाखाँचीको नरपानीमा सहभागी बनेको थिय ।
पार्टीले नयाँ जनवादी क्रान्तीको थालनी गर्ने भनि तात्कालिन अञ्चल इन्चार्ज केशरमणिको निर्देशनमा अर्घा भगवतिको मुर्ति एक्सन र बर्रे रविलाल साहुको “मनि एक्सन“, को घटना पछि लुम्बीनी अञ्चलमा व्यापक अप्रेशन प्रारम्भ भयो नेताहरु कोही भागेका थिए भने मुल नेतृत्वहरु गिरफ्तार परेका थिए । म लगायत केहि साथिहरु भारतको दिल्लीतर्फ लागैँ । दिल्लीमा कम्यूनिष्ट खोज्दै जाँदा अर्को पार्टी मोहन विक्रम निर्मल लामाले नेतृत्व गरेको पार्टी केन्द्रीय न्युक्लस.ने क.पा. चौथो मसालसँग सम्बधित संस्थामा आवद्द भइएको रहेछ भन्ने कुरा धेरै पछि मात्र थाहा लाग्यो, कलिलो उमेरमा एउटै कम्यूनिष्ट विचार बोकेका धेरै पार्टी हुन्छन् भने पनि थाहा थिएन, कलिलो उमेरमा मोहन विक्रमले लेखेको ‘गद्वारपुष्प लाल’ भन्ने किताब झोलामा बोकेर २०४६ सालसम्म महान विचारक क. पुष्पलाललाई गद्दार र काँग्रेस परस्त भनेर पढ्दै पढाउदै गरिएको थियो ।
तत्कालिन सिपी, मदन भण्डारी, जिवराज आदिहरुले नेतृत्व गरेको ने.क.पा. (माले) लाई उग्रबाम पन्थी भन्दै तथानाम गाली गर्न सिकाइन्थ्यो । धुवाधार गाली गरेर रेकर्ड कायम गर्ने गरिन्थ्यो । नेकपा (माले) को’ वर्ग संघर्षझ, पार्टीको मुखपत्र हामीहरू कसैको झोलामा अध्ययनको लागि राखियको भएमा कारबाहीको भागिदार बन्नु पर्दथ्यो, त्यतिसम्म एकाङ्कि, शकिर्ण र जडताबाट अगाडी बढ्ने गरिन्थ्यो, पछि निर्मल लामाजी र मोहन विक्रमजीहरुको बिचमा झगडा पर्यो, हामिलाई निर्मल लामाजी भनेका पंचायत परस्त, चुनावपरस्त र दक्षिणपंथी विचार बोकेका मान्छे हुन् भनेर सिकाइएको थियो, हामि त्यहि विचार बोकेर २०४६ सालसम्म हिडेउ, नेतृत्वले बहालाई सिआइडी भनेर लगायको आरोपसम्म हामिले विश्वास गरेउ ।
०४७ सालमा उहाँसँग एकता भयो, उँहा पुनः क्रान्तिकारी नेतामा रूपान्तरण हुनु भयो, हामिले पहिले पनि किन भनेर प्रश्न गरेनौं, पछि पनि किन भनेर प्रश्न गरेनौं, ०५१ सालमा फेरी पार्टी फुट्यो, अनि फेरी उहि पुरानै तरिका लामा समुह अवसरवादी दक्षिणपंथी, फेरी हामिले विश्वास गरेऔँ । शान्ती प्रक्रिया पछि लामाजीको समूह पछि प्रकाशजीले नेतृत्व गर्नु भएको थियो, फेरि एकता भयो, सबै आरोपहरू निराधार भए, यस पटक पनि हामिले विश्वास गरेऔँ । यस पटक पनि हामिले किन भनेर प्रश्न गर्ने हामिसँग हिम्मत थिएन् वा हाम्रो चेतना थिएन्।
युद्ध कालमा बाबुरामजी माथि अनेक आरोप लगाइयो, नेतृत्वले कारवाही समेत गर्यो, हामिले विश्वास गरेऔँ, किन र केको निमित्त भन्ने प्रश्न गर्ने हिम्मत हामिले गरेनौँ, यो पटक पनि हामि नेतृत्वको अन्ध भक्त थियौं वा हामिमा जडसुत्रीय चित्तन विद्यमान थियो ! शान्ती प्रक्रिया पछि–सरकारको नेतृत्व गरिरहँदा पार्टी फुट्यो, वैधजीले प्रचण्डजीलाई दक्षिणपंथीको आरोप लागाउनु भयो, हामी कतिपयले त्यसलाई विश्वास गरेउ प्रचण्ड बाबुरामहरुले वैधजीलाइ जसुत्रवादी भन्नुभयो, हामी मध्ये कतिपयले विश्वास गरेउ र गरि रहेकै छौं ।
वैधजीको समूह पनि पुन फुटेर तिन टुक्रा बन्यो, यँहा पनि एक एकले अर्कोलाई गैर क्रान्तिकारी देखाउने होडबाजी आजसम्म चलेकै छ । माओवादी र एमालेको विचको एकता क्रान्तिकारी कदम हो नेतृत्वले भन्यो, हामीले पनि हो भन्यौ, नेताहरूको विचमा झगडा पर्यो, हिसाब मिलेन, नेताहरु फुटे, एकले अर्कोलाई तथानाम गाली गर्न थाले, हामिले पनि तथानाम गाली गर्न थालेउ, न्वारान सम्मको बल निकालेर मञ्चहरुमा चिच्चाउन थाल्यौँ । आजसम्म चिच्चायकै छौं। बाबूराम प्रचण्ड विच विभाजन हुन पुग्यो, हामी दुई भागमा विभक्त भयौं ।
एकले अर्कोलाई भित्तामा पुराउने गरि गाली गर्न थालेऔँ, गरि रहेकैछौं। पछिल्लो निर्वाचन पछि एकाएक एमाले माओवादी सरकार बन्यो, यसलाई क्रान्तिकारी कदम भनियो, हामी क्रान्तिकारी कदम भन्न पुगेऔँ, केहि हप्तामा एमाले छाडी कांग्रेस सहितको सरकार बन्यो, यो पो कान्क्रिकारी कदम नेतृत्वले भन्यो, हामी त्यसै गरेऔँ । उपेन्द्रजीसँग जोडिदा पनि जिन्दावाद, महन्तजीसंग जोडिदा पनि जिन्दावाद उहाँहरुसँग छुट्टीदा पनि जिन्दावाद, किन ! कहा ! कसरी ! के का लागि भनेर हामीले प्रश्न गरेनौं।
पछिल्लो वर्ष मसाल फुट्यो, त्यहाबाट नयाँ समुह बन्यो, नेकपा (मशाल) त्यहाँ आवद्ध साथिहरु पनि यो काम हामीले कम्यूनिष्ट विचारको रक्षाको निम्ति, माक्र्सवादको रक्षाको निम्ति क्रान्तिको रक्षाको निम्ति भनेर भोकै प्यासै दोडी रहेका छन्। यो पचास वर्षका राजनैतिक अनुभवलाई नियाल्दा हाम्रो चेतना जडतामा आधारित थियो । हाम्रो चेतना अन्धभक्ततामा आधारित थियो, हाम्रो चेतना श्रदावादमा आधारित थियो, हाम्रो चेतना दास मनोविज्ञानमा आधारित थियो भन्ने इतिहासले प्रमाणित गर्दछ । हामि पचास वर्ष सम्म जे गरेऔँ । जसका कारणले राजनैतिक आन्दोलन टुक्राटुका र विभाजन हुन पुग्यो ।
जसका कारणले नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ र अवसरवादलाई फल्न फुल्नको निमित्त मद्दतगर्याे त्यसप्रति आज हामी आत्म समिक्षा गर्ने स्थितिमा पुगेका छौं । तर यो क्रम र यो जडसुत्रीय विचारबाट जन्मिएको चेतना भने रोकियको छैन्, आजपनि एमाले जती सुकै गल्ती र अपराध गरोस्, एमालेका विभिन्न तहका नेतृत्वहरू बोल्ने हिम्मत गर्दैनन् । ओलीजी जतीसुकै कमजोरी गरुन् उनको बारेमा केन्दि«य कमिटीमा प्रश्न उठाउने हिम्मत कसैले गर्दैन् । नेपाली कांग्रेस जतीसुकै गल्ती गरोस, कांग्रेसीजनहरु वोल्दैनन् शेरबहादुर जी जती सुकै गल्ती गरून उनको बारेमा प्रश्न उठाउने काम कसैले गर्दैन, त्यस्तै माओवादी पार्टीले गरेका कार्यहरुको बारेमा अथवा प्रचण्डजीले गरेका कमजोरीहरुको बारेमा प्रश्न उठाउने हिम्मत त्यहाँ देखा पर्दैन् ।
हाम्रो पुस्ताले युवा अवस्थामा जुन गल्ती गरेको थियो । आजको पुस्ताले पनि त्यहि कर्म दोहोराइ रहेको छ । नेतृत्वलाई सच्चाउने र रूपान्तरण गर्ने तर्क होइनकी नेतृत्वलाई देवत्व करण गर्ने, उसको भक्ति गान र चाकडी गर्ने संस्कृति अहिले व्याप्त छ । पछिल्लो पटक जन्मीएको रवि लामिछानेले नेतृत्व गरेको रास्वपा समेत यो गम्भीर प्रकितिको रोगबाट ग्रसित देखिन्छ । उनीहरुका समर्थकहरु पनि आलोचना सुन्नै नचाहाने, भिन्नमत देख्नै नसहने, सामुहिक नेतृत्वमा प्रवेशै नगर्ने, एक व्यक्तिलाई मात्र देवत्वकरण गरेर अगाडी बढ़ने क्रम देखिएको छ।
के भन्न सकिन्छ भने जबसम्म हामी यो जडसुत्रीय चेतनाबाट मुक्त हुँदैनौं, जबसम्म हामी सामुहिक निर्णय व्यक्तिगत उत्तरदायीत्वको मान्यतालाई अवलम्बन गर्दैनौं । जबसम्म हामी नेतृत्वको दलाली, चाकडी र देवत्वकरणको चेतनाबाट मुक्त हुँदैनौ, जबसम्म आफ्नोलाई देवत्वकरण अर्कोलाई राक्षसीकरण गर्ने मनोरोगवाट मुक्त हुदैनौँ । जबसम्म हामी भिन्न मत, भिन्न विचार, भिन्न नेतृत्व र भिन्न समुहलाई पनि साथमा लिएर मात्र अगाडी बढन सकिन्छ भन्ने चेतनामा प्रवेश गर्दैनौं, तबसम्म हाम्रो विकास र प्रगती, हाम्रो पार्टीको विकास र प्रगती हाम्रो देशको विकास र प्रगती असम्भव छ।
अतः हामि कम्यूनिष्ट भन्नेहरुले पनि कांग्रेसका राम्रो विचार र कार्यहरको अनुसरण गरौं, हामी कांग्रेस भन्नेहरुले पनि कम्यूनिष्टका राम्रा विचार र व्यवहारको अनुसरण गरौं। पुष्पलाललाई राम्रो मान्नेहरुले विपीलाई पनि उनका काम र विचारको आत्मसाथ गरौं, माक्र्सवाद मान्नेहरूले गान्धीका राम्रा विचार र व्यवहारको अनुसरण गरौं। हिन्दू धर्म मान्नेहरुले मान्नेहरुले मुस्लीमधर्मको पनि सम्मान गरौं । त्यसको अध्ययन गरौं, इसाइ धर्म मान्नेहाले अरु धर्मको पनि सम्मान गरौं, तिनीहरुको अध्ययन गरौं, खस जातीले अन्य जनजाती, मधेशी, थारु, मुस्लीम वा अन्य अल्पसंख्यकको सम्मान गरौं, आफ्नो धर्मको, आफ्नो संस्कृतिको, आफ्ना वेशभुषाको संरक्षण र सम्बर्धन गरि रहँदा अन्य धर्म संस्कृति भाषा आदिको अपमान नगरौं, सम्मान गर्ने चेतनाको विकास गरौं।
प्रचण्डको तारिफ गरि रहँदा बाबूरामको सत्तो सराफ नगरौं, बाबुरामको तारिफ गरिरहँदा, मोहन बैधजीको सत्तो सराप नगरौं, त्यस्तै ओलीजिको तारिफ गरि रहँदा प्रचण्डजीको सत्तो सराप नगरौँ । सबैलाईलाई एकांकी र जडसुत्रीय चेतनाले नहेरौं, सबैलाई दन्द्ववादको आँखाले हरौं, राम्रो भित्र नराम्रो खोजौं नराम्रो भित्र राम्रो खोजौं, मेरो नेतामात्रै राम्रो, मेरो केपी मात्रै राम्रो, मेरो प्रचण्ड मात्रै राम्रो, मेरो रवी मात्रै राम्रो, मेरो दर्शन मात्रै राम्रो, मेरो पार्टी मात्रै राम्रो । यहि विचार त हो विनाशको कारण, यहि विचारत हो विखण्डन र विग्रहको कारण ।
पाँच दर्शकको अनुभव पश्चात धेरै नोक्सानी पश्चात्, मैले अनुभव गरेको अनुभुती र समिक्षा गरेको, ज्ञान यहि हो जस्तो लाग्दछ । त्यसैले अबको नयाँ पुस्ताले हाम्रो पुस्ताले गरेको गल्तीलाई पुनः दोहाउने गल्ती नगरौं, इतिहासबाट शिक्षा लिएर अगाडी वढौँ। मैले यसरी सोँचे, सबैले नै यसरी नै सोचौं कि ।
प्रतिक्रिया