ताजा अपडेट »

सुद्धोधनको खेतमा मनायो राष्ट्रिय युवा संघले असार-१५

शुक्रबार, १५ असार २०८०, ०९ : ४९
36 Shares
शुक्रबार, १५ असार २०८०
36 Shares

बुटवल । असार-१५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रिय युवासंघ रुपन्देहीले शुक्रबार सुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन गर्दै युवाहरुलाई अब उत्पादसँग जोड्नु पर्नेमा दिईन ।

मानो रोपेर मेरी उब्जाउने दिनको रुपमा रहेको असार-१५ अर्थात राष्ट्रिय धान दिवस मुलुकका लागि महत्वपूर्ण दिनका रुपमा रहेको उल्लेख गरिन् । कृषिलाई व्यवसायिकरण र विशिष्टीकरणमा जोड दिँदै आचार्यले कृषिको बजारिकरण तथा कृषि उपकरणको व्यवस्थापनमा राज्यले व्यवस्था गर्न आग्रह गरिन् । देशभरीको बाझो जमिनलाई कृषि उत्पादमा प्रयोग गर्नेगरी योजनाको खाचो रहेको उल्लेख गरिन् । उत्पादनमा वृद्धिका लागि प्रयाप्त मल, उपयुक्त विषादी, सिंचाई, प्रविधि र बजारिकरणमा राज्यले ध्यान दिनुपर्ने बताईन । बुटवल उपमहानगरको पूर्प उपप्रमुख समेत रहेकी आचार्यले कृषि उत्पादनमा प्रर्योग भएको विषादी परीक्षण भरपर्दो व्यवस्था हुन नसक्दा  उपभोक्ताको स्वास्थ्यमा गम्भीर चेनौती थपिँदै गएको उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी एमाले नेता तथा लुम्बिनी पदेससभा सदस्य तलसी चौधरी, एमाले रुपन्देहीका सह-सचिव चित्रबहादुर केसी,  राष्ट्रिय युवा संघ नेपालका युवा विज्ञ परिषदका उप-प्रमुख दिनानाथ भट्टराई, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य बुद्धी थापा, कल्पना पाडे मगर, श्रद्धा कुवर, रुपन्देही इन्चार्ज नशकुल शाही, जिल्ला अध्यक्ष बिकास बस्नेत, लगायतले बोल्दै सम्पूर्ण युवालाई अब कृषि र उत्पादनसँग जोड्नु पर्नेमा जोड दिए ।

असारे गीतसहित बीउ बोकेर हिलो खेतमा पुगेका ४ दर्जन बढी युवाहरुले सुद्धोधान-३ सखवानीमा हिलोमा खेल्दै रोपाई गरेका थिए । कार्यक्रममा स्वागत गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण नेपालले कृषिलाई निर्वाहमुखी नभई व्यवसायिक उत्पादनमा लाग्नु पर्ने बताए । कृषि उत्पादनलाई जोड दिँदै उनले मल, बीउ, सिंचाईको अभाव तथा उचित बजार मूल्य नपाउने समस्याप्रति राज्य गम्भीर बन्न आग्रह गरे ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला सचिवालय सदस्य एवं कृषि बिभाग प्रमुख समीर बस्नेत अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन अध्यक्ष विशाल रानाको सञ्चालनमा कार्न्द्रियक्यरम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।