भैरहवा । भैरहवामा सिद्धार्थ हस्पिटालिटि अन्तर्गत पाँच तारे होटल सिद्धार्थ विलासा औपचारिक रुपमा सन्चालनमा आएको छ ।
बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै होटलबारे जानकारी गराएको छ । सिद्धार्थ भिलासा होटल लगभग ४ बिघा क्षेत्रफलमा फैलिएको छ । होटलमा एक्ज्युकेटिभ स्विट, स्विट र प्रेसिडेन्सियल स्विट गरी चार स्तरमा वर्गीकरण गरिएको ग्रुपका अध्यक्ष चिन्तामणी न्यौपानेले बताए ।
होटलमा ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेण्ट तथा स्विमिङ पुल, फिटनेस, जिन स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लब सेवा, लंग टेनीस कोर्ट, गार्डेन, रहेको छ । होटलमा नेपालकै ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुमका साथै क्यासिनो संचालन सुविधा होटलमा रहेको उनले बताए । होटलमा करिब साढे २ अर्व लगानी रहेको र ३ सय कर्मचारीले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने उनले बताए । होटल औपचारिक रुपमा बिहिबार देखि सन्चालनमा आए पनि उदघाटन भने असोज महिनामा मात्रै गरिने छ ।
‘गौतम बुद्धको जन्म तथा हालै मात्र संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको यस अत्याधुनिक तथा सुविधा सम्पन्न होटलको नियमित सेवा संचालनमा आउँदा, स्वदेशी तथा विदेशी अतिथिहरुको सेवाले सिङ्गो देशकै पर्यटन तथा आतिथ्यसेवामा टेवा पुयाउन सक्ने विश हामीले लिएका छौं ।’– अध्यक्ष न्यौपानेले भने ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानी गरी होटल, रेस्टुरेण्ट, रिसोर्ट, क्याफे, होटल म्यानेजमेन्ट, ुहस्पिटालिटी इन्स्टिच्युट, ट्रेडिङ्ग, कृषि उत्पादन, आइटी सेवा लगायतमा काम गरिरहेको छ ।
प्रतिक्रिया