बुटवल । इसोरा डान्स एकेडेमीद्वारा आयोजित प्रथम गोल्डेन डान्सिङ आइकन २०८० तिलोत्तमाको डन मोडल एकेडेमी सिरिया गैरेले जितेकी छिन् । प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयबाट ६० जनाले सहभागिता जनाएका थिए । प्रतियोगीता ४ वटा राउन्डमा सम्पन्न भएको थियो ।
गैरले नगद ३० हजार नगद र प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै ज्ञानपुञ्ज स्कुल बुटवलकी आरोशी खनाल द्वितीय र गाग्री स्कुलकी समृद्धि सेन तृतीय र सेन्ट जोसेफ इङ्लिस हाई स्कूल भलवारीकी प्रतिज्ञा नेपाल चौथो भएका छन् । उनीहरुले क्रमश: नगद २० हजार, १५ हजार र ५ हजारसहित प्रमाणपत्र पाए । दर्शकको रोजाइमा गाग्री स्कुल र सेन्ट जोसेफ इंग्लिश हाई स्कूल पर्न सफल भएका थिए । दर्शकको रोजाइमा पर्ने ती दुई स्कुलले नगद २ हजार ५०० सहित ट्रफी प्राप्त गरे ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा उद्योग व्यापारका अध्यक्ष प्रेम जिएम रहेका थिए भने अतिथीको रुपमा पदम बीजी, मनोज सेन्चुरी, युवराज पराजुली, युवराज बिसी, आयोजक टोली तृष्णा श्रेष्ठ र अनु गुरुङ रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेम जिएमले नृत्यले बालबालिकादेखि सबैलाई सकारात्मकसँगै सृजनाशिलता बढाउन मद्धत गर्ने बताए । साथै नृत्यले देशलाई चिनाउन पनि मद्धत गर्ने उनले बताए ।
फिनाल जर्जको रुपमा किशोर थापा, सोनू घिमिरे र बिक्रम परियार रहेका थिए । कार्यक्रम संचारकर्मी तथा चर्चित उद्घोषक सुमन श्रेष्ठले गरेका थिए । कार्यक्रमको आयोजना तिर्सना गुरुङ र अनु गुरुङले गरेका हुन् ।
प्रतिक्रिया