ताजा अपडेट »

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइनेछ : प्रधानमन्त्री

बुधबार, १३ असार २०८०, १४ : ०४
40 Shares
बुधबार, १३ असार २०८०
40 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउने बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन सरकारको प्रतिबद्ध रहेको बताएका हुन् । 

फाष्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ । त्यो फाष्ट ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो । त्यसकारण निजगढ एयरपोर्टलाई तत्काल अगाडि बढाउन सरकार प्रतिबद्ध छ,’ संसद बैठकमा उनले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।