ताजा अपडेट »

अमेरिकामा भेटिए दशकौ‌ पछि मलेरियाका बिरामी

बुधबार, १३ असार २०८०, १० : ५०
30 Shares
बुधबार, १३ असार २०८०
30 Shares

फ्लोरिडा । अमेरिकामा मलेरियाका बिरामी भेटिएका छन् । अमेरिकाको फ्लोरिडा र टेक्सासमा ती बिरामी भेटिएका हुन् ।  

दशकौंपछि मलेरियाका पाँच केस फेला परे पछि त्यहाँ सतर्कता अपनाइएको छ । 

अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन । पछिल्लो प्रकरणको पुष्टि गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई महिनाको अवधिमा टेक्सासमा एउटा र फ्लोरिडामा चारवटा केस पत्ता लागेको बताएको छ ।

टेक्सासमा दशकौंपछि मलेरियाका पाँच केस फेला परेका हुन । उनीहरुको उपचार भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।