ताजा अपडेट »

यसवर्ष रासायनिक मलको अभाव हुँदैन: कृषिमन्त्री भुसाल

मंगलबार, १२ असार २०८०, १६ : ५२
30 Shares
मंगलबार, १२ असार २०८०
30 Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यसवर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले यसवर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका हुन् । 

उनका अनुसार देशभरका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको छ । असारको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र साउनभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल आउने उनको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।