ताजा अपडेट »

चुनावलाई प्रभावित पार्न जिल्ला निर्वाचन खारेज गर्ने निर्णय गरियो : पदम गिरी

मंगलबार, १२ असार २०८०, ११ : ४३
6 Shares
मंगलबार, १२ असार २०८०
6 Shares

काठमाडौं । एमाले प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय आगामी चुनावलाई प्रभावित पार्ने उद्देश्यले भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयको एमाले र रास्वपाका सांसदहरुले विरोध जनाइरहेका छन् ।

सोही क्रममा एमाले प्रमुख सचेतक गिरीले २०८४ सालमा हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय भएको दाबी गरे । यसबारे प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने उनको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।