ताजा अपडेट »

बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

मंगलबार, १२ असार २०८०, ११ : २९
26 Shares
मंगलबार, १२ असार २०८०
26 Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदमा पेस गरिएको आर्थिक २०८०÷८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ । गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिएको थियो ।

उक्त विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफलपछि निर्णायार्थ प्रस्तुत गर्ने तयारी गरिरहँदा सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरूलाई उक्त दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।