ताजा अपडेट »

कुमारी बैंकको ३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

मंगलबार, १२ असार २०८०, ११ : ११
8 Shares
मंगलबार, १२ असार २०८०
8 Shares

काठमाडौ । कुमारी बैंकले मंगलबारदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १८ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक बीओके क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।