ताजा अपडेट »

पशुपतिनाथको जलहरीबारे संसद्मा सत्यतथ्य जानकारी गराउन माओवादीको माग

सोमबार, ११ असार २०८०, १३ : २८
24 Shares
सोमबार, ११ असार २०८०
24 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे सदनलाई सत्यतथ्य जानकारी दिन माग गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले जलहरीबारे भइरहेको गतिविधिबारे जानकारी मागेका हुन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितको टोलीले जलहरीको तौल र सुन भए नभएकोबारे अनुसन्धान गर्न भन्दै पशुपतिनाथ पुगेको थियो । 

सोही प्रसङ्गलाई लिएर सोमबार संसद बैठकमा सांसद पौडेलले भने, ‘भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति छ ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । सदन (संसद्)मा सत्यतथ्य जानकारी गराउन सम्माननीय समामुखमार्फत सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’ 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।