काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदै छ । आइतबार पनि ढुंगानाकै इजलासमा परेको उक्त निवेदनमाथि समयाभावका कारण सुनुवाइ हुन सकेको थिएन ।
अधिवक्ता वर्षाकुमारी झाले शुक्रबार बालेनविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता गरेकी थिइन् । हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको उनले दाबी गरेकी थिइन्।
प्रतिक्रिया