ताजा अपडेट »

होन्डुरसमा हिंसा बढयाे, एकै रातमा २० काे मृत्यु

सोमबार, ११ असार २०८०, १० : ४०
26 Shares
सोमबार, ११ असार २०८०
26 Shares

चोलोमा । मध्य अमेरिकाको होन्डुरसमा हिंसा बढ्दै गएको छ ।छुट्टाछुट्टै आक्रमणमा एकै रातमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसैलाई मध्यनजर गर्दै होन्डुरस सरकारले आइतबार देखी उत्तरी दुई सहरमा कर्फ्यू लगाउने निर्णय गरेको छ । 

उत्तरी सहर चोलोमाको छेउमा रहेको बिलियर्ड्स हलमा बन्दुकधारीले गोली चलाएका थिए । जहाँ १३ जनाको मृत्यु भएको थियो । सोही क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । सान पेड्रो सुलाको औद्योगिक सहर सहित उत्तरी भ्याले डे सुला क्षेत्रमा शनिबार भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ११ अन्य व्यक्तिको मृत्यु भएको उनले बताए।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले सहरमा बढ्दो हिंसाको प्रतिक्रियामा तत्काल कर्फ्यू घोषणा गरेका छन् । चोलोमामा बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म १५ दिने कर्फ्यु घोषणा गरिएको छ । उही समयमा, सान पेड्रो सुलामा कर्फ्यू जुलाई ४ सम्म लागू हुनेछ।

सुरक्षा मन्त्री गुस्ताभो सान्चेजले आइतवार पछि घोषणा गरे कि सरकारले हिंसा गर्ने व्यक्तिहरूलाई आतंककारी घोषणा गर्नका लागि सरकारले आगामी दिनमा संसदमा प्रस्ताव पठाउनेछ। स्थिति नियन्त्रणमा लिन सुला उपत्यकामा १ हजारभन्दा बढी प्रहरी र सेना पठाइएको सान्चेजले बताए । चोलोमा र सान पेड्रो सुल सुला उपत्यकामा अवस्थित छन्।

स्मरण रहोस, गत साता मात्रै होन्डुरसको एक महिला कारागारमा भएको दंगामा कम्तिमा ४१ महिलाको मृत्यु भएको थियो। होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीले तेगुसिगाल्पाबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको तामारामा रहेको महिला कारागारमा दंगा र हिंसा भएको बताएको छ। अधिकांश महिलाको जलेर मृत्यु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।