ताजा अपडेट »

अनलाईन ठगी गर्ने एक महिला पक्राउ

आइतबार, १० असार २०८०, २० : ०४
16 Shares
आइतबार, १० असार २०८०
16 Shares

काठमाडौं । सामान पार्सल गरी पठाई दिन्छु भन्दै अनलाईमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा-८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरेलले सामाजिक सन्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सवमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलरसहितको लगेज पठाई दिएको छु भनी पीडितलाई प्रलोभनमा पारी ह्वाटसवमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

कस्टम चार्ज, डलर चार्ज बापतको रकम विभिन्न व्यक्तिको खातामा आठ लाख चालिस हजार रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेको प्रहरीले जनाएको छ । पोखरेललाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि ललितपुर पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।