बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो ।
जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड एकतिस लाख,सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख राजश्व बाँडफाड तर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदान तर्फ १ करोड तिस लाखको अनुमान गरिएको छ । यस्तै,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार शर्सत अनुदान १ करोड ११ लाख ५० हजार, राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार,प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै,गत वर्षको अल्या बैँक मौज्दात ३ करोड,सडक बोर्ड तर्फ ४० लाख गरि आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
आ.व २०७९/०८०को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ ।
नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी प्र्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएको छ ।नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको निति कार्यक्रममा शिक्षा, स्वास्थ्य,कृषि,पुर्वाधार,धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।
प्रतिक्रिया