ताजा अपडेट »

आइसिसी विश्वकप छनोट : 'गर या मर'को स्थितीमा नेपाल, आजको खेलमा नेदरल्याण्डलाई जित्नै पर्ने दबाब

शनिबार, ०९ असार २०८०, ०६ : १४
63 Shares
शनिबार, ०९ असार २०८०
63 Shares

बुटवल । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेल आज शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्ने अवस्थामा रहेको छ । यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । तर विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । यद्यपी अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीले नछोड्दा नेदरल्यान्ड्सका प्रमुख पहिलो रोजाईका बलर टोलीमा छैनन् । तर पनि डच टोलीको कुनै भर हुँदैन । दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले नेपालले भन्दा माथिल्लो स्तरको १२ टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । प्रमुख खेलाडी नभएपनि नेदरल्यान्ड्स नेपाललाई स्तब्ध पार्न सक्छ । त्यसैले नेपाल सचेतका साथ उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।