ताजा अपडेट »

सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिन संसदमा माग

शुक्रबार, ०८ असार २०८०, १७ : २१
18 Shares
शुक्रबार, ०८ असार २०८०
18 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए । 

‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरें, उहाँहरुलाई थाहा हुँदैन । त्यसैले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन । पहिला पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो,’ बैठकमा उनले भने । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।