ताजा अपडेट »

नागरिकता पाउने भएपछि नागरिकताविहीनले दिए राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद (फोटोफिचर)

शुक्रबार, ०८ असार २०८०, १४ : १५
63 Shares
शुक्रबार, ०८ असार २०८०
63 Shares

काठमाडौं । नागरिकताविहीनले नागरिकता पाउने भएपछि राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद दिएका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्चलाई धन्यवाद दिएका हुन् । 

बिहीबार सर्वोच्च अदालतले  नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुले अब आफूहरुले नागरिकता पाउने भन्दै सबैलाई धन्यवाद दिएका हुन् । 

बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले संसदबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निश्क्रिय भयो वा शून्यमा गयो भन्न नमिल्ने ठहर गरेको छ । योसँगै अब संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ । 

लामो समय राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक कार्यान्वयनको माग राखेर आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार धन्यवाद दिएका हुन् । 



 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।