ताजा अपडेट »

वेस्ट इन्डिजले नेपाललाई दियो ३ सय ४० रनको विशाल लक्ष्य

विहीबार, ०७ असार २०८०, १६ : ३५
12 Shares
विहीबार, ०७ असार २०८०
12 Shares

काठमाडौं । कप्तान शाई होप र निकोलस पुरनको शतकमा वेस्ट इन्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई ३ सय ४० रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनायो । यो नेपालविरुद्ध विपक्षी टोलीले बनाएको ओडिआईमा उच्च योगफल हो । यसअघि आइसिसी विश्वकप लिग–२ मा केहि महिना अघि युएईले नेपालविरुद्ध ३ सय १० रन बनाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।