ताजा अपडेट »

गल्ती कमिकमजोरीप्रति रवि लामिछानेले मागे माफी

विहीबार, ०७ असार २०८०, १२ : ५५
2 Shares
विहीबार, ०७ असार २०८०
2 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले एक वर्षमा जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् ।

यस स्थापना दिवसलाई ‘क्षमा माग्ने, धन्यवाद पनि दिने’ दिनको रुपमा लिएको भन्दै उनले भने, ‘आज हेप्पी डे भनेका छौँ ।’

यस एक वर्षमा आफूहरुलाई जनताले आशा र भरोसाका साथ हेरेको बताउँदै उनले  समाजले परिवर्तन खोजेको कुरा मतपत्रबाट स्पष्ट भइरहेको बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।