काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । हरारे स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । नेपालले अमेरिकासँगको प्लेइङ ११ लाई नै निरन्तरता दिएको कप्तान रोहित पौडेलले टसको समयमा जानकारी दिएका छन् ।
नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।
अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा सबैभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न थालेको हो ।
नेपाल ओडिआई वरियतामा १४ औं र वेस्ट इन्डिज १० औं स्थानमा छ । वेस्ट इन्डिज सन् १९७५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो । त्यस्तै २०१२ र २०१६ को पनि टि२० विश्वकप उपाधि जितेको थियो ।
नेपालको प्लेइङ ११ स्
आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।
प्रतिक्रिया