ताजा अपडेट »

बुटवलमा बहुभाषिक साहित्य गोष्ठी

आइतबार, ०५ माघ २०७६, २२ : २५
16 Shares
आइतबार, ०५ माघ २०७६
16 Shares

माघ ५,

ग्लोबल आवाज

बुटवल । प्रश्रित प्रतिष्ठान र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनमा बहुभाषिक साहित्य गोष्ठी बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रा.डा. कपिल लामिछाने र उपप्रा शालिक पौडेलद्वारा प्रस्तुत प्रदेश पाँचको भाषा र रुपन्देहीको भाषा साहित्य विषयक कार्यपत्रहरूको टिप्पणी बालकृष्ण भट्टराई र राजु भुसालले गरेका थिए ।

गोष्ठीमा बुँद राना, शीला हरिजन, कृष्णप्रसाद बस्याल, रमेश समर्थन, थारू जनकवि बमबहादुर थारु, रुद्र ज्ञवाली, देवी न्यौपाने धीर, राजेन्द्रकुमार आचार्य, देवेन्द्र घिमिरे, डा. नारायण बेल्बासे, शशि पन्थी, मोहन मरासिनी, माधवराज चुँदाली, हीरालाल धामी, बिजु पछाईँ, नारायण खनाल, उद्धव देवकोटा, घनश्याम विश्वकर्मा, विष्णुमाया भुसाल, केवलप्रसाद थारू, श्यामकुमार यादव, रामप्रसाद शर्मा (रामचन्द्र ठाकुर), उमेशप्रसाद यादव, यमप्रसाद शर्मा, हरिटा ठापा मगर, उमेश थापा लाटोमगर, नारद गौतम, बबिता भुसाल, लक्ष्मण ज्ञवाली, सुवास भुसाल, हीरा शर्मा, कविराज शर्मा, आरती शर्मा, कृष्ण पोखरैल, मिठु सारू, सागर केसी, कृष्ण पाण्डे, सन्ध्या छेत्री, यज्ञलाल सुवेदी, तिलक लामिछाने आदि, तेजप्रसाद पन्थ, नरेन्द्र भण्डारी, सुवास उपाध्याय, कृष्णप्रसाद पाण्डे, सरु ज्ञवाली, हरि न्यौपाने, घनश्याम घिमिरे, भीम भण्डारी, हरि भण्डारी लगायतले रचना वाचन गरेका थिए ।

प्राज्ञ बुँद राना, प्राडा कपिल लामिछाने लगाएतले मन्तव्य राखेका थिए । पहिलो सत्रको कार्यक्रमको अध्यक्षता बुटवल उपमहानगरका प्रमुख शिबराज सुवेदी र दोस्रो सत्रको अध्यक्षता प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्राज्ञ प्रा.डा. कपिलदेव लामिछानेको रहेको थियो कार्यक्रम बालकृष्ण भट्टराईको स्वागत र डा. नारायणप्रसाद पन्थको सञ्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।