काठमाडौ । नेपाल सुनचाँदी महासंघका अनुसार लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्य घटेको छ । महासंघका अनुसार बुधबार पनि सुनचाँदीको मूल्य घटेको थियो ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको थियो । मंगलबार १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी बुधबार १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया