ताजा अपडेट »

नेपालसँग अमेरिका ६ विकेटले पराजित, स्पिनर सन्दीप लगातार २ खेलमा विकेटविहिन

मंगलबार, ०५ असार २०८०, २३ : ०२
28 Shares
मंगलबार, ०५ असार २०८०
28 Shares

काठमाडौं । नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।

२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गरेका उनले ७ चौका र १ छक्काको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ३२ बलमा ५ चौका र १ छक्कासहित उनले ३२ रनको योगफल तयार पारेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए ।

अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १/१ विकेट लिए । यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो ।

यसै बीच नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका छन् । आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध सन्दीप विकेट विहीन बनेका छन् ।

सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट विहीन बनेका थिए । सन्दीपले ४५ ओडिआई खेल खेल्दा पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।